Comments Add Comment

सामाजिक सञ्जालमा किन सीएनएनको खिल्ली उडाइयो ?

CNN

केन्याको सामाजिक सञ्जालमा अमेरिकी न्यूज च्यानल सीएनएनको खिल्ली उडाइएको छ ।

कारण हो, सीएनएनको एक हेडलाइन । जसमा केन्यालाई आतंकको अड्डा भनिएको छ । ओबामा त्यही केन्यामा शुक्रबार जाँदैछन् ।

हृयासट्याग #SomeoneTellCNN केन्यामा निकै ट्रेन्ड भएको छ । जसमा अन्तराष्ट्रिय सञ्चार माध्यमको निकै आलोचना भएको छ ।

एक व्यक्तिले ट्वीटमा भनेका छन्-सीएनएनको मतलब कन्फयूज्ड न्यूज नेटवर्क । अर्का ट्वीटर प्रयोगकर्ताले केन्या अड्डा त हो । तर, चरमपन्थीको होइन, लगानीको अवसर र महान मानिसहरुको भन्दै ट्वीट गरेका छन् ।

केहीले अमेरिकामा पुलिसले काला मानिसहरुमाथि गोली हानेको प्रशंग उठाउँदै काला मानिसहरुका लागि केन्या निकै सुरक्षित रहेको बताएका छन् ।

बीबीसीका अनुसार केन्याका गृहमन्त्रीले सीएनएनले माफी माग्नु पर्ने माग गरेका छन् ।

सीएनएनले जुन खबरमा केन्यालाई आतंकको अड्डा भनेको थियो, त्यो चरमपन्थी संगठन अल शबाबमाथि केन्दि्रत थियो ।

सीएनएनको रिपोर्टमा ओबामा आफ्ना बाबुको देश मात्र जान लागेका होइनन्, त्यस्तो क्षेत्रमा जाँदैछन्, जो आतंकको अड्डा हो भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment