Comments Add Comment

अनेकस र एनआरएनको संयुक्त वनभोज

यूएई । वैदेशिक रोजगारीको सिलसिलामा फुजेरामा कार्यरत नेपालीहरुलाई एकत्रित भई वनभोजमा रमाइलो गरेका छन् । शुक्रबार मधव पार्कमा, अनेकस यूएई फुजेरा क्षेत्रीय समिति र गैरआवासीय नेपाली संघ, फुजेरा क्षेत्रीय समितिको संयुक्त आयोजनामा वनभोज कार्यक्रम गरिएको हो ।

अनेकस केन्द्रीय उपाध्यक्ष रेखा घिमिरे र महासचिव गोपीकृष्ण पंगेनी तथा गैरआवासीय नेपाली संघ एनआरएन फुजेराका अध्यक्ष कृष्ण गिरीको विशेष आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष बिष्णु अधिकारीले गरेका थिए ।

वजभोजमा संस्थाका सचिव तथा कलाकार अम्मर सुनारको टीम र ओमकुमारी खाँडको टीम बीच भएको लोक-दोहोरी र संस्थाका उपाध्यक्ष शिव क्षेत्रीले गरेको नृत्य निकै जमेको थियो ।

त्यस्तै, सुदूरपश्चिम र मध्यपश्चिमको सांस्कृतिक देउडाको जगेर्ना गर्न सक्रिय देउडा गायक तथा संस्थाका महासचिव मान बहादुर केसी “मुस्कान”ले छोटो देउडा गीत गाएर उपस्थित सबैलाई मनोरन्जन गराए ।

कामको चटारोलाई भुली परदेशी भूमिमा वनभोजको अवसर पारेर यसरी भेटघाट र नाचगान गर्न पाउँदा नेपालीहरु निकै खुसी थिए । वनभोजमा आगामी जुलाई ३१ गते हुने एनआरएनको अधिवेशन र ११ सेप्टेम्बरमा हुने तीज विशेष सांस्कृतिक कार्यक्रमलाई पनि भव्यताका साथ सफल पार्न अनुरोध गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment