Comments Add Comment

कुमारी बैंकद्धारा सिन्धुपाल्चोकमा जस्तापाता वितरण

Kumari-Band

१० साउन, काठमाडौं । कुमारी बैंकले सिन्धुपाल्चोकको भाङटार, आँपटार र पिपलटार गाविसका भूकम्प पीडितहरुलाई जस्तापाता वितरण गरेको छ ।

बैंकका सञ्चालक समिति सदस्यहरु डा. शोभाकान्त ढकाल, सन्तोष कुमार लामा, उत्तम प्रसाद भट्टराई, बैंकका निमित्त कार्यकारी प्रमुख अधिकृत राजीव गिरीको सहभागिता थियो ।

इन्द्रावती सामुदायिक सेवा केन्द्रका अध्यक्ष कुबेर काजी श्रेष्ठ, महासचिव सीताराम श्रेष्ठ, डाक्टर कोमल विक्रम थापा र सहायक वीर बहादुर तामाङको संयोजकत्तवमा राहत वितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रम सिन्धुपाल्चोकको इन्द्रावती सामुदायिक सेवा केन्द्रको प्राङ्गणमा भएको थियो । कुमारी बैंकले नवलपरासी, सिन्धुपाल्चोक, धादिङ र गोरखाका भूकम्प पीडितहरुलाई कुल ५१ ल्ाख रुपैयाँ बराबरको भौतिक सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment