Comments Add Comment

एनआरएन अमेरिकाको सल्लाहकार समिति घोषणा

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको सल्लाहकार समिति गठन गरिएको छ । संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले सल्लाहकार समिति घोषणा गरेको हो ।

nrna_logo_latestसल्लाहकार समितिमा खगेन्ऽ जीसी, डा. यादव पण्डित, हरी शर्मा, डा. रुद्र अर्याल, डा. नरकाजी गुरुङ, तेन्जिङ उक्याव, सुनील साह, मुकुन्द ढुंगाना, गौरी जोशी, भक्त थापा (सन्फ्रान्सिस्को), प्रेमराजा महत, ऋषी ढकाल रहेका छन् ।

वैठकले आउदो महिनाको सेप्टेम्वरमा न्युयोर्क राज्यमा एजीएम गर्ने निर्णय गरिएको एनआरएन अमेरिकाको मिडिया कोअर्डिनेटर सर्वज्ञ वाग्लेले बताए । एनआरएन एनसीसी अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेललाई एजीएम संयोजक तोकिएको छ ।

बैठकले स्थगित रहेको अन्तराष्ट्रिय समन्वय परिषदका सदस्यहरुको निर्वाचन चाँडै नै सम्पन्न गराउनको लागि पहल गर्ने निर्णय समेत गरेको छ ।

बैठकले अमेरिकामा गैर आवासीय संघलाई पारदर्शिता बनाउन एनआरएन एनसीसी अमेरिकाका कोषाध्यक्ष वेदराज बस्नेतको अध्यक्षतामा प्रकाश सापकोटा, मोहन ज्ञवाली, सूर्य लम्साल, गोमा सेन र सीपीए विराज रिजाल सदस्य रहने गरी आर्थिक समिति निर्माण गरेको एनआरएन एनसीसी अमेरिकाका महासचिव तिलक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment