Comments Add Comment

पारस शाहको स्वास्थ्य सन्तोषजनक

११ साउन, काठमाडौं । पूर्व युवराज पारस शाहको स्वास्थ्य स्थिति सन्तोषजनक रहेको चिकित्सकहरुले बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार पारसमा सफलतापूर्वक मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेवल कार्डियोभेर्टर डेफिव्रेलेटर (आई.सी.डी.) प्रत्यारोपण गरिएको थियो ।

नर्भिक अस्पतालले सोमबार प्रेस विज्ञप्ति निकालेर आईसीडीले सामान्य कार्य गरेको पाइएको जानकारी दिएको छ । पारसको स्वास्थ्य स्थिति पनि सामान्य र सन्तोषप्रद रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

शरीरमा अक्सिजनको मात्रा सामान्य रहेको, सी.सी.यु. भित्रै उनले सामान्य रुपमा हिँडडुल गरेको, सामान्य गतिविधिहरू गरेको र आफूलाई आराम महसुस भएको बताएको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई सोमबार साँझसम्म चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा कोरोनरी केयर युनिट (सी.सी.यु.) मै राखी उपचार गरिनेछ । उनको स्वास्थ्यमा हालकै गतिमा सुधार भइरहेमा भने सोमबार बेलुका वा मंगलबार बिहानसम्ममा अस्पतालको प्राइभेट वार्डमा सार्न सकिने नर्भिक अस्पतालका नायव प्रवन्धक आरपी मैनालीले जानकारी दिए ।

उनको घाउको पहिलो ड्रेसिङ मंगलबार गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment