
Photo Credit : फाइल तस्वीर
६ चैत, महोत्तरी । बर्दिवास नपा ५ मा बुधबार ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गमा उखु बोकेको ज १ त ९८४२ ट्याक्टर र बा ७३ प ८१४३ मोटरसाइकल ठोक्किदा ट्याक्टरमा सवार सर्लाही हरिपुर ७ बस्ने २५ वर्षका राजवीर रायको मृत्यु भएको हो ।
रायलाई ट्याक्टरले नै किचेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक प्रकाश सिहले जानकारी दिए । दुर्घटना लगत्तै हामफालेर भाग्न खोज्दा ट्याक्टरले किचेको प्रहरीको भनाइ छ ।
मोटरसाइकलमा सवार सर्लाही ईश्वरपुर नगरपालिका १२ का ३३ बर्षका कृसन रखाल घाइते भएका छन् । उनको बर्दिवासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4