+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

धर्ममा नयाँ सहमति, नागरिकताको विषयलाई थप स्पष्ट पारिने

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १२ गते १८:२५

4-Party-Meeting-in-Baluwata

१२ साउन, काठमाडौं । प्रमुख चार राजनीतिक दलहरु जनताका सुझावअनुसार संविधानको मस्यौदा परिमार्जन गर्न सहमत भएका छन् । उनीहरुले संविधानको प्रारम्भिक मस्यौदामा असन्तुष्ट दलहरुसँग बुधबार छलफल गर्ने निर्णय समेत गरेका छन् ।

मंगलबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिकको बैठकले नागरिकता र धर्म सम्बन्धी व्यवस्था संसोधन गर्ने र असन्तुष्ट पक्षसँग छलफल गर्ने निर्णय गरेको हो ।

धर्म निरपेक्षता शब्दावली हटाइने

देशभर गरिएको सुझाव संकलनमा अधिकांशले आमा वा बाबुको नाममा वंशजको नागरिकता दिने प्रावधान नयाँ संविधानमा राख्न सुझाव दिएका थिए ।

यसैगरी धर्म निरपेक्षता शब्द हटाउन र प्रत्यक्ष निर्वाचित कार्यकारी हुने गरी शासकीय स्वरुपको व्यवस्था गर्न पनि सुझाव आएको छ ।

मंगलबारको बैठकमा धर्म निरपेक्षता शब्दावली परिवर्तन गर्ने सहमति भएको छ । त्यसको सट्टा कुन शब्द प्रयोग गर्ने भन्ने निर्णय भने भैसकेको छैन ।

बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनताको सुझाव अनुसार अघि बढ्ने जानकारी दिए । संविधानको मस्यौदाको विरोध गर्दै आएका दलहरुसँग बुधबार छलफल गर्ने निर्णय पनि भएको श्रेष्ठले जानकारी दिए ।

यसैगरी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले नागरिकताको प्रवधानबारे भ्रम फैलिएको भन्दै त्यसलार्इ पुनर्व्याख्या गर्ने सहमति भएको जानकारी दिए ।

जनताले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था राख्न सुझाव दिए पनि त्यस्तो नहुने सम्भावना बढेको छ । प्रमुख चार दलहरु १६ बुँदे सहमति अनुसार अघि बढ्ने निर्णय गरेकाले सुझाव कार्यान्वयनको सम्भवना कम देखिएको हो । १६ बुँदे सहमतिमा संसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने उल्लेख छ ।

एमाओवादी र मधेसवादी दलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जोड दिँदै आए पनि कांग्रेसले त्यसलाई अस्वीकार गरेको छ । एमालेले पनि सुरुमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा रहे पनि पछि अडान परिवर्तन गरेर हालकै जस्तो संसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने व्यवस्थाको पक्षमा उँभिएको छ ।

नामांकन र सीमांकनसहित संविधान जारी गर्नुपर्ने भन्दै मधेस केन्दि्रत दलहरुले संविधानसभाको बैठक बहिष्कार गर्दै आएका छन् भने राप्रपा नेपालले पनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गरेको छ । आफ्ना मागलाई बेवास्ता गरेको भन्दै ति दलहरुले संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रम बहिस्कार समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?