Comments Add Comment

दुर्इ ट्रकको बीच मोटरसाइकल च्यापियो,  दुईको मृत्यु

१६ साउन, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत कालीखोलामा शनिबार दिउँसो ट्रकले मोटरसाइकल च्याप्दा दुई जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग३प ३५८१ नम्बरको मोटरसाइकलमा सवार दुई जनालको ट्रकमा च्यापिएर मृत्यु भएको हो । से १ ख ८६५ र ना १ क ३३४५ नम्बरको दुई ट्रकका बीचमा मोटरसाइकल किचिएको प्रहरीले जनाएको छ ।

ट्रकका च्यापिएर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । मृतकमध्ये मोटरसाइकल चालक गोरखा देउरालीका २२ वर्षीय मुक्तिबहादुर विकको सनाखत भएको छ भने अर्का एकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलले एउटा ट्रकलाई ओभरटेक गर्न खोज्दा अर्को ट्रकले दुवैलाई ओभरटेक गर्ने क्रममा दुई ट्रकको बीचमा मोटरसाइकल च्यापिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment