Comments Add Comment

‘मिस प्लस टु’का सुन्दरीले देखाए यस्तो प्रतिभा

miss-plus-two
दोस्रो संस्करणका ‘मिस प्लस टु नेपाल-२०१५’का प्रतियोगीले ‘ट्यालेन्ट शो’ अन्तर्गत आफ्ना प्रतिभा प्रस्तुत गरेका छन् । यो प्रतियोगितामा सहभागी ३० जना मध्य धेरैले ‘ट्यालेन्ट शो’मा नेपाली र अंग्रजी गीतमा नृत्य प्रस्तुत गरे । केही प्रतियोगीले गीत गाएका थिए । बाँकी प्रतियोगीले चित्रकला, बाद्यबादन, बक्तृत्वकला जस्ता विभिन्न प्रतिभा प्रस्तुत गरे ।

प्लस टुमा अध्ययन गरिरहेका युवतीहरुको प्रतिभा प्रस्तुती र व्यक्तित्व विकासका लागि युहान इन्टरनेसनल इभेन्ट प्रालिद्धारा ‘मिस प्लस टु नेपाल-२०१५’को ट्यालेन्ट शो शनिबार राजधानीमा सम्पन्न भएको हो ।

यो प्रतियोगिताको जुरीमा गायक प्रबेशमान शाक्य, नारायणी अटो मोबाईल्स्का अध्यक्ष अनुपकुमार बराल, अभिनेत्रीद्धय रोशनी केसी, सुरक्षा पन्त र नवोदित कलाकार शुशिल श्रेष्ठ थिए । कार्यक्रममा गायक प्रबेशमान शाक्यले आफ्ना विभिन्न गीतहरु प्रस्तुत गर्दा प्रतियोगी र अन्य अतिथिले ताली बजाएर साथ दिएका थिए ।

प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले व्यक्तित्व विकास सहित विभिन्न प्रशिक्षण दिईरहेका छन् । उनीहरुलाई प्रशिक्षणको अबधीमा जुम्बा, स्विमिङ, मिडिया क्लास सहित विभिन्न विषयमा प्रशिक्षण दिने क्रम जारी रहेको आयोजक संस्था युहान इन्टरनेसनल इभेन्ट प्रालीका प्रबन्ध निर्देशक सानु खानले जानकारी गराए ।

अन्तिम प्रतिस्पर्धामा कौसल्या परियार, अखिम तामाङ, समीक्षा भट्टराई, स्मृति घिमिरे, ज्ञान मञ्जरी पौडेल, अञ्जना लामा, प्रीया ढकाल, सविना गुरुङ, सजना सिग्देल, निशा थापा क्षेत्री, सागरिका मल्ल, निसा सुनार, सुविधा न्यौपाने, नितु भण्डारी छन् ।

यस्तै निशा घलान तामाङ, शोभा लम्साल, उपसना गुरुङ, स्वरुपा खत्री, पुजा दौलिया, कृतिकिरण पाण्डे, रोशना रामुदामु, रञ्ज दाहाल, सितु श्रेष्ठ, रोजी कार्की, सन्ध्या पन्त, स्नेहा पौडेल, अपेक्षा धिताल, प्रकृति तुलाचन, आरती खड्का र आँचल दवाडीले अन्तिम प्रतिस्पर्धाका लागि प्रतिस्पर्धामा भिडन्त गरिरहेका छन् । miss-plus-two-1 miss-plus-two-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment