Comments Add Comment

एनआरएन जर्मनीमा सर्बसम्मतको प्रयास 

फ्रयान्कफर्ट । गैरआवासीय नेपाली संघ, जर्मनीमा सहमतिबाटै नेतृत्व चयनको प्रयास जारी रहेको छ । गैरआवासीय नेपाली संघ, राष्टिय समन्वय परिषद, जर्मनीले फ्रयान्कफर्टमा आयोजना गरेको “एनआरएनएको आगामी आसन्न निर्वाचन र नेतृत्व चयनको सवाल” विषयमा गरेको अन्र्तक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले एनआरएनए जर्मनीको आगामी नेतृत्व गैरराजनीतिक हुनुपर्ने र सहमतिको आधारमा छनौट गरिनुपर्ने आवाज उठाए ।

एनआरएनए केन्द्रीय समितिका अध्यक्ष  शेष घले, महासचिव कुमार पन्त, एनआरएनएका निवर्तमान अध्यक्ष  जीवा लामीछाने, एनआएनएका प्रमुख संरक्षक राम प्रताप थापा, लगायतका सहभागीहरुले एनआरएनए जर्मनीको आगामी नेतृत्व विवादरहित हुनुपर्नेमा जोड दिए ।

germanyकार्यक्रममा उपस्थित प्राय सबै सहभागीहरुले गैरआवासीय नेपाली संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी फेरी पनि शेष घलेलेनै लिनुपर्ने सुझाव दिएका थिए ।

एनआरएनएका निवर्तमान अध्यक्ष जिवा लामिछानेले, विदेशमा गैरआवासीय नेपाली संघको संगठन विस्तारको काम राम्रो भएको हुनाले अवको नेतृत्वले विदेशमा रहेका दक्ष नेपाली जनशक्तीलाई नेपालको विकासमा प्रत्यक्ष परिचालन गर्नका लागि योजना तयार गर्नुपर्ने विचार राखे ।

कार्यक्रममा सल्लाहकार दिल गुरुङ, महिला कोर्डिनेटर सपीला राजभन्डारी वर्तमान आइसिसी सदस्य दावा शेर्पा र आइसीसी सदस्य युके कुल आचार्य,एनआरएनए जर्मनीका संरक्षक पुष्प थापा, निर्वतमान आइसिसी सदस्य सन्तोष भटराई, बिशिष्ठ संरक्षक बिजय मोक्तान लगायतले कार्यक्रममा आफ्नो विचार राखेका थिए ।

एनआरएनए जर्मनीका अध्यक्ष हरेन्द्र वनेमको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष नव राज रोस्याराले तथा सञ्चालन संस्थाका महासचिव प्रेम पोमुले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रमपछि दोश्रो चरणमा एनआरएनए जर्मनीको नयाँ नेतृत्व चयनको लागि बनेको उच्चस्तरीय सहमति अायोगले संयोजक रामप्रताप थापाको अध्यक्षतामा तथा सदस्य दावा शेर्पाको सन्चालनमा सहमतिको लागि छलफल कार्यक्रम गरिएको थियो । गैरआवासीय नेपाली संघको अधिवेसन आगामी अक्टोबरमा काठमाण्डौमा हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment