Comments Add Comment

मृत भेटिएका उपेशको अमेरिकामै अन्त्येष्टी

बिकास राज न्यौपाने

अमेरिका । अर्विंग टेक्ससमा मृत अवस्थामा फेला परेका उपेश कक्षपतिको मंगलबार  दाहसंस्कार गरिएको छ । नेपाली समाज टेक्सास र गैरआवासीय नेपाली संघको सक्रियतामा उनको अन्त्येष्टीको व्यवस्था गरिएको थियो ।

upesh-USA deathअन्त्येष्टिमा एनएसटीका महासचिव बिजयराज भट्टराई, उपाध्यक्ष वाल जोशी, पुर्वअध्यक्ष एवंम् समाजसेबी व्यवसायी गौरी जोशी, पुर्वअध्यक्ष एवंम् एनआरएन केन्द्रीय उपाध्यक्ष राम सी पोख्रेल, एनआरएन कोषाध्यक्ष बेदराज बस्नेत, टेक्सास च्याप्टर अध्यक्ष उत्तम लामिछाने, नेपाली जन सम्पर्क समिति ड्यालसका अध्यक्ष ज्ञानेन्द्र राज कार्की, ड्यालस  एभरेस्ट लायन्स क्लबका पूर्व अध्यक्षहरु मकरध्वज बज्राचार्य, शिव काफ्ले लगायतको उपस्थिति थियो ।

करिब ९ वर्ष अघि अध्ययनका लागि अमेरिका आएका उपेश अध्ययन सकेपछि पनि अमेरिकामै   बसोबास गरिरहेका  थिए । उनले युनिभर्सिटी अफ टेक्सस, आर्लिंन्टनबाट अकौन्टिंनमा स्नातक गरेका थिए । सन् १९८७ अप्रिलमा वाह्रबिसे, सिन्धुपाल्चोकमा जन्मिएका उनी केटाकेटीमै काठमाडौँ आएका थिए । रमेश कक्षपतिका कान्छा छोरा उपेशका एक दाजु एक दिदी  छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment