Comments Add Comment

बनेपामा ग्लोबल आईएमई बैंकको ८६ औ शाखा स्थापना

२९ साउन, काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काभ्रेको बनेपामा शाखा विस्तार गरेको छ । काभ्रेको बनेपामा शुक्रबारदेखि वैंकको ८६ औं शाखा स्थापना गरिएको ग्लोबल आईएमई बैंकले जनाएको छ । शाखाको शुक्रबार एक कार्यक्रमकाबीच ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।

globle IMEशाखा उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक अश्विनीकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, नीरज श्रेष्ठ लगायतको उपस्थिति थियो । ग्लोबल आईएमई बैकले हाल ६० अर्ब निक्षेप ५० अर्ब भन्दा बढि कर्जा प्रवाह गरेको छ ।

शुक्रबार उद्घाटन गरिएको बनेपाको शाखासहित वैंकको देशभर ८६ वटा शाखा रहेका छन् भने १० वटा राजश्व संकलन काउण्टर, ९० वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ३५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेको बैंकले जनाएको छ ।

मोवाइल बैंकिंङ्ग, इन्टरनेट बैंकिंङ्ग जस्ता सेवा प्रदान गरेको ग्लोबल आईएमई बैंकले अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा प्रदान गर्दे आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment