Comments Add Comment

६ दिनको बन्दले जाजरकोटको जनजीवन प्रभावित

Jajarkot-Aandolanबी.बी. गिरी
२९ साउन, जाजरकोट । ६ दिनदेखि मध्यपश्चिमको माग गर्दै नागरिक समाजको अगुवाइमा जाजरकोटमा संचालित आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि दलहरुले नेतृत्व लिएका छन् । लगातारको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

आन्दोलनका क्रममा बिहीबार प्रहरीसंग झडप भएको थियो । झडपमा २ दर्जन आन्दोलनकारी घाइते भएका थिए । झडपपछि आक्रोशित आन्दोलनकारीले आधा दर्जन सरकारी कार्यालयमा तोडफोड गरे ।

शुक्रबारबाट नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र अन्य साना दलले आन्दोलनको नेतृत्व गरेर बिरोध शुरु गरेका छन् । संघीय सीमाकंन प्रति असहमति जनाउदै जिल्लाबासीले शुरु गरेको आन्दोलनको नेतृत्व अब दलहरुले गरेका छन् । यो कुनै दलको आन्दोलन नभएर जिल्लाको आन्दोलन भएकाले संयुक्त रुपमा दलहरुले नेतृत्व गरेको नेकपा एमालेका नेता नरबहादुर बस्नेतले बताए ।

जनजीवन प्रभावित

६ दिनसम्मको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । यातायात तथा बजार बन्दले जिल्लामा दैनिक उपभोग्य बस्तुको समेत अभाब देखिएको छ । यातायात बन्दका कारण जिल्ला बाहिर जाने आउने सयौं यात्रुहरु अलपत्र परेका छन् ।

त्यस्तै बाहिर उपचारको लागि जाने बिरामी समेत जान पाएका छैनन् । लामो बन्दले जिल्लाको आर्थिक कारोबार प्रभाबित भएको छ ।

दलहरुले नेतृत्व लिएपछि बन्द खुल्ने आशा गरिएको छ । प्रदेशको सीमाकंन नसच्चिएसम्म आन्दोलन जारी राख्ने दलहरुले जनाएका छन् । प्रादेशको सीमाकंन गर्दा जाजरकोटलाई सुदूरपश्चिममा गाभिएको प्रति जाजरकोटबासीले बिरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment