Comments Add Comment

अभिषेकका लागि अमिताभले १६ करोड उठाइदिए

amitabh-and-abhishek
बलिउडमा नायक अमिताभ बच्चन जती चर्चामा छन्, त्यो चर्चा उनको छोरा अभिषेक बच्चनले पाउन सकेका छैनन् । कमै मात्र सोलो भूमिकामा देखिएका अभिषेक अन्य नायकसँग काम गर्दा भने सफल छन् । तर, उनले सोलो भूमिकामा काम गरेका चलचित्र असफल छन् ।
यसैले पनि अभिषेकका लागि बलिउड यात्रा त्यती सफल भएको मानिदैन ।

अभिषेक अभिनित सोलो चलचित्र ‘अल ईज वेल’ प्रदर्शनका लागि तयार छ । चलचित्रमा ऋषि कपुर, असिन जस्ता कलाकार पनि छन् । तर, चलचित्रको सम्पूर्ण जिम्मा अभिषेक माथि नै आएको छ ।

अभिषेकले चलचित्रलाई नै उठाउनु पर्ने भएपछि उनका पिता नायक अमिताभ बच्चन अगाडि सरेका छन् । चलचित्रमा जब अभिषेकको पिताको भूमिकाका लागि कलाकारको खोजी भएको थियो, अमिताभले नै ऋषिलाई फोन गरेर खेल्न आग्रह गरेका थिए ।

अब, उनले चलचित्रको सेटलाइट्स पनि विक्री गरिदिएका छन् । एक टेलिभिजन च्यानलसँग उनले १६ करोडमा संझौता गरिदिएको भारतीय संचारमाध्यमको दाबी छ । कुल २५ करोडमा बनेको यो चलचित्रको प्रचार खर्च १० करोड छ । जसमा अमिताभले १६ करोड टेलिभिजन राइट्सबाट नै उठाइदिएका छन् ।

अभिषेकलाई सोलो नायकको रुपमा देखाइएको चलचित्रलाई बलिउडमा खासै महत्वकांक्षी मानिदैन । यसमा १६ करोडमा टेलिभिजन राइट्स विक्री हुनुलाई ठूलै उपलब्धी मान्नुपर्छ ।

अमिताभले यसअघि आफू अभिनित चलचित्र ‘भूतनाथ रिटन्र्स’को राइट्स पनि एक टेलिभिजिनलाई १८ करोडमा विक्री गरिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment