Comments Add Comment

अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीच झडप, १७ घाइते

Tharuhat

५ भदौ, कैलाली । कैलालीको दुर्गौली-९ तौरहियापुरमा अखण्ड सुदूर पश्चिम र थरुहट पक्षधरबीच झडप भएको छ । झडपमा १७ जना घाइते भएका छन् ।

लम्कीबाट अखण्ड सुदूर पश्चिमको माग गर्दै निकालेको मोटरसाइकल र्‍याली टिकापुरतर्फ जाँदै गर्दा दुर्गौली-९ तौरहियापुरमा थरुहटका प्रदर्शनकारीले रोकेपछि झडप भएको हो । झडप परी ३ जना प्रहरी र १४ जना प्रदर्शनकारी घाइते भएका छन् ।

ढुंगा लागेर घाइते भएका प्रहरी जवान रमेश खड्काको मेडिकल कलेज कोहलपुरमा, आँखामा चोट लागेका प्रहरी जवान पदमबहादुर बोगटीको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ भने प्रहरी जवान बिष्णु भण्डारीको खुट्टामा सामान्य चोट लागेको छ । घाइते भएका अखण्ड सुदूर पश्चिम पक्षधर १४ जना प्रदर्शनकारीको टिकापुर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै टिकापुर नगरपालिका-९ स्थित अस्पताल अगाडि बा.२ ब ७०६ नम्बरको सरकारी मोटरसाइकल र जोशीपुर-४ झबईमा पत्रकार नवराज खनाल से.३ प १२७९ नम्बरको मोटरसाइकलमा थरुहटका प्रदर्शनकारीले शुक्रबार आगजनी गरेका छन् ।

यसैगरी दुर्गौली-९ मा से.२ प ४०१९ र से.४ प १७२५ नम्बरका मोटरसाइकल तथा दुगौंली-२ बस्ने गङ्गा राम सन्ज्यालको घरको कम्पाउण्डभित्र रहेको ट्याक्टरमा थरुहटका कार्यकर्ताले शुक्रबार आगजनी गर्दा मोटरसाइकल र ट्याक्टर पुरै जलेर क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment