Comments Add Comment

उत्ताउलो गीत मन पर्दैन सन्तु थापालाई

santu-thapaकाठमाडौं । पाँच वर्ष भयो सन्तु थापा लोक गायनमा सक्रिय हुन थालेको । उनको स्वरमा अहिलेसम्म तीन दर्जनबढी गीत रेकर्ड भईसकेको छ । उनले स्टेज कार्यक्रममा पनि आफ्नो प्रस्तुती दिएका छन् ।

उनको एउटै मान्यता छ लोकगीत भनेको सभ्य हुनुपर्छ, ठ्याक्कै नेपालको पहिचान झल्किने । लोकगीतलाई संस्कृति मान्ने सन्तु हरेक गीतमा आफ्नै खालको रीति रिवाज झल्किनुपर्ने मान्यता राख्छन् ।

लोकगीत धेरै परिवेशका हुने कुरा गर्दै सन्तु भन्छन ‘गाउँदेखि शहरसम्मका मान्छेको मन छुने हुनुपर्छ लोकगीत ।’ त्यसो त उनी आफु हरेकलाई मन पर्ने गीत गाउन प्रयाशरत रहेको बताउछन् ।

पछिल्लो समय कतिपयले उत्ताउलो गीत गाएको पटक्कै मन परेको रहेनछ उनलाई । उनी भन्दैथिए ‘मलाई उत्ताउलो गीत मन पर्दैन ।’

पछिल्लो समय केही भिडियो र गीतको विवाद भएको सुनेका सन्तु हरेक गीत गाउनु अघि संस्कृतिलाई ख्याल गर्ने बताउछन् । लोक गायनमा सक्रिय सन्तुको आफ्नै म्युजिक कम्पनि पनि छ ।

उनी आफुले गाउँदा मात्रै होईन । अरुको स्वरमा रहेको गीत उत्पादन गर्दा पनि सबै भन्दा पहिला स्तरलाई ध्यान दिन्छन ‘चर्चामा आइन्छ भन्दैमा जे पायो त्यही गाउँदिन र उत्पादन पनि गर्दिन ।’ अनलाइनखबरसंग कुरा गर्दै भने ।

ठाडो भाखा, कौरा लगायतका टिपीकल गीत गाउने गरेका सन्तुले स्टेज पर्फमेन्समा पनि दर्शकलाई सन्तुष्ट बनाएका छन् । स्वदेशमा हुने विभिन्न महोत्सबहरुमा सांस्कृतिक प्रस्तुतिका लागि सहभागी भएका सन्तुले भारतीय शहरमा समेत स्टेज प्रस्तुति दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment