Comments Add Comment

नेप्लिज स्टुडेन्ट कम्युनिटी ओस्लोको साधारणसभा सम्पन्न

neplise student osloओस्लो । नर्वेमा क्रियाशील नेप्लिज स्टुडेन्ट कम्युनिटी इन ओस्लोको नवौं साधारणसभा सम्पन्न भएको छ । एनआरएनए नर्वेका अध्यक्ष कुमार पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले केशव पुरी अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अम्बिका दाहाल, सचिव खेम तिम्सिना, सहसचिव मनोज उपाध्याय र कोषाध्यक्षमा भरत थापा चुनिएका छन् । समितिको सदस्यमा दिपेश दुलाल, हर्कबहादुर योङ्गहाङ, प्रतिक्षा केसी, सुनिता श्रेष्ठ, अनुपम कुँवर र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष पुरीले संस्थाका सबै प्रतिनिधिहरु, नेप्लिज स्टुडेन्टस कम्मुनिटी इन ओस्लोका निवर्तमान अध्यक्ष मदन आचार्य, अतिथिहरु हेल्पिङ्ग हृयान्ड्स फर नेपाल नर्वेका संयोजक गोरख चन्द, नेपाली जनसम्पर्क समिति नर्वेका वरिष्ठ उपाध्यक्ष जितेन्ऽविक्रम शाही, ओएनएफ नर्वेका अध्यक्ष अमरबहादुर सिंह, नेप्सा नर्वेका सल्लाहकार अनुप गुप्ता लगायत कार्यक्रममा उपस्थित सबैलाई आभार ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment