Comments Add Comment

मेस्सीको गोल उत्कृष्ट घोषित

Messi-Goal

१० भदौ, काठमाडौं । बार्सिलोनाका लिओनल मेस्सीले यूईएफए गोल अफ दि सिजनको अवार्ड जितेका छन् ।

च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बार्यन म्युनिखविरुद्ध गरेको गोल उत्कृष्ट घोषित भएको हो ।

उनले पेरिस सेन्ट जर्मेनविरुद्ध नेयमारले गरेको गोलसहित ९ प्रतिस्पर्धीलाई पछि पारेका हुन् ।  डि बक्स बाहिर बल पाएका उनले बार्यनका दुई डिफेण्डरलाई बिट गर्दै गोल गरेका थिए ।

मेस्सीको उक्त गोलले ३९ प्रतिशत अर्थात १ लाख ९९ हजार १९० मत पाएको थियो ।

यसैगरी बार्सिलोनाका मार्क आन्द्र टेर स्टेगनले यूईएफए सेभ अफ दि सिजन अवार्ड जितेका छन् । उनले वार्यन म्युनिखविरुद्धको खेलमा लेभान्डोस्कीको प्रहार गोललाइनबाट बचाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment