Comments Add Comment

चलचित्रका लागि ननुहाउने संयम

love-sub-photo
भदौ २५ गतेबाट देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘लभ सब’ अहिले आफ्नै किसिमको प्रचार शैलीमा उत्रिएको छ । नेपाली चलचित्रले राम्रो व्यापार गरिरहेको समयमा आक्रामक प्रचारमा उत्रिएको यो चलचित्रलाई लिएर पनि अहिले उत्साह थपिएको छ ।

चलचित्र भित्र रहेका केही रहस्य यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । चलचित्र चल्ने दिन नजिकिदै गर्दा यसका रहस्यहरु सार्वजनिक भएका हुन् । चलचित्रमा कलाकार विल्सन विक्रम राइले न्यारेट गर्नेछन्, जसले दर्शकलाई हसाउँनेछ ।

चलचित्रका निर्माता शुशिल पोख्रेलले नै यो चलचित्रको कथा लेखेका हुन् । उनले अधिकांश रमाइला र मन छुने संवाद लेखेका छन् । चलचित्रको नाम सुरुवातमा ‘ट्राफिक वा अंकुश’ राख्ने तयारी गरिएको थियो । चलचित्रका लागि कलाकार संयम पुरीले करिब ३ महिना ननुहाएको बताएका छन् । चलचित्रको कथावस्तु अनुसारको गेटअप होस् भन्ने सोचले संयमले ननुहाएका हुन् । रमाइलो कुरा के पनि छ भने चलचित्रका लागि फोटोसुट गरेकै दिनमा नेपालमा ठूलो भुकम्प आएको थियो ।

सुशिल पोख्रेल र नरेन्द्र महर्जनले निर्माण गरेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment