Comments Add Comment

आर्थिक अभावले नमूना वृद्धाश्रममा धारा जडान भएन

१५ भदौ, पोखरा । नेपाल सरकारद्वारा पश्चिमाञ्चल क्षेत्रकै नमूना वृद्धाश्रमको रुपमा प्रस्तावित पोखरा वृद्धाश्रम यतिवेला निर्माण कार्य आर्थिक अभावले प्रभावित बनेको छ । वृद्धाश्रमको नयाँ भवनको भुईंतला निर्माण कार्य सकिए पनि ट्वाइलेट-बाथरुममा धारा जडान हुन नसक्दा प्रयोगमा आउन सकेको छैन ।

Pokhara-Aged-Shelter

तातोपानीका लागि सोलार जडान र बाथरुम-ट्वाइलेटका धारा जडान गर्न करिव ५ लाख रुपैयाँ लाग्ने वृद्धाश्रमका उपाध्यक्ष एवं भवन निर्माण समिति संयोजक टिकाबहादुर भण्डारीले बताए । भण्डारीले भने, ‘निर्माण कार्यका लागि सरकार तथा दातृ संस्थाहरुले सहयोग गरेमा सहज हुने थियो तर दाताहरुकै सहयोगबाट निर्माण कार्यमा समेत रकम जुटाउन अत्यन्त कठिन भइरहेको छ ।’

उनका अनुसार पुरानो भवन जीर्ण भएकाले कतिपयमा पानी चुहिने हुँदा जेष्ठ नागरिकहरुको बसाइ कठिन पनि बनेको छ ।

भुईंतला सम्पन्न गर्नमा नै आर्थिक अभाव भएपछि वृद्धाश्रम संचालक समितिले पहिलो तल्ला ढलान भएपनि पार्टेसनको काम स्थगन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment