काठमाण्डौ । बिश्वबिख्यात इटालियन फेसन ब्राण्ड ‘दा मिलानो इटालिया’ नेपाल आउने भएको छ ।
नेपालको ब्यापारिक समूह आरपी ग्रुपले दा मिलानोलाई नेपाल ल्याउन लागेको हो । दा मिलानोले हालै आरपी ग्रुपसँग नेपाल आउटलेट खोल्न सम्झौता गरेको आरपी ग्रुपका अध्यक्ष रुपेश पाण्डेले जानकारी दिए ।
पाण्डेले दा मिलानोको सोरुम दुई ठाउँमा खोल्ने तयारी भइरहेको भइरहेको जानकारी दिए ।
‘दा मिलानोका पारखीहरु अब भारत वा बैंकक गएर सपिङ गर्नुपर्ने झण्झट छैन्’ पाण्डेले भने- दा मिलानोका पछिल्ला उत्पादन हामी कम मूल्यमै नेपाली बजारमा उपलब्ध गराउँछौं ।’
दा मिलानोका उच्चस्तरीय लेदर प्रोडक्टहरुले बिश्वभरका फेसन पारखीको मन जितिसकेका छन् । पुरुष तथा महिलाका लागि ह्याण्ड ब्याग, बेल्ट, कम्प्युटर ब्याग, आइप्याड कभर, वालेट, ट्राभल लगेज, पेन तथा भिजिटिङ कार्ड केस लगायतका उत्पादन लोकपि्रय छन् ।
दा मिलानोसँगै उसको अर्को ब्राण्ड रोसो ब्रुनेलो पनि नेपाल आउने छ । रोसोको फोकस पुरुष र महिलाका लेदर जुत्तामा देखिन्छ ।