Comments Add Comment

सहमतिपछि बाबुरामले भने-सबै गुम्ने परिस्थिति आए वुद्धिमानले आधा त्याग्छ

baburam Bhattrai१९ वैशाख, काठमाडौं । एमाओवादी नेता डा. बाबुराम भट्टराईले तीन दलबीच भएको सहमतिले संविधान छिटो बन्ने मार्ग प्रसस्त गरेको बताएका छन् ।

तीन दलको बैठकपछि भट्टराईले लेखेका छन्, ‘सर्वनाशे समुत्पन्ने अर्ध त्याजति पण्डिता: ( सबै गुम्ने परिस्थिति आएमा वुद्धिमानले आधा त्याग्छ ) भने झैं संसबाट संविधान नै नबन्ने र क्रान्तिकारी आन्दोलनका सबै उपलब्धी गुम्ने खतराका वीचमा एमाओवादीले अत्यन्त लचक बनेर अर्को सम्झौता गरेको छ ।’

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी समानुपातिक लोकतन्त्र जस्ता हाम्रा आन्दोलनका महत्वपूर्ण उपलब्धी संरक्षित भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment