+
+
Shares

होली मनाउन हिँडेका युवकको मृत्यु

रासस रासस
२०७५ चैत ६ गते १६:००

६ चैत, धादिङ  । होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको बुधबार धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१३प ८०८५ नंम्बरको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५ बेनिघाट गोमती पुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा पोखरा महानगरपालिका-२३ का २० वर्षीय दीपक पुनमगर घाइते भएकामा उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

दुर्घटनामा घाइते सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?