१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा सेनेगलले इराकविरुद्ध ५–० गोलअन्तरको फराकिलो जित निकालेको छ ।
यो जितसँगै समुह ‘आई’ मा ३ खेलबाट ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ्ने सम्भावना बलियो बनाएको छ ।
गोलअन्तर पनि सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट ८ टोलीमध्ये एक बन्ने सम्भावना प्रवल छ । यसका लागि आगामी नतिजा कुर्नुपर्ने छ ।
सेनेगलको यो रवाफिलो जितका लागि खेलको चौथो मिनेटमै हबिब डियराले गोल प्रहार गर्दै अग्रता दिलाएका थिए ।
त्यसपछि ५५ मिनेटसम्म खेलमा थप गोल हुन सकेन । ५६ औं मिनेटमा इस्माइला सारले गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्याएका थिए ।
त्यसपछि खेलको ५९ औं र ७१ औं मिनेटमा पापे गुइएले दुई वटा गोल गरे । त्यसपछि ८२ औं मिनेटमा इलिमान एनडिएले टिमका लागि पाँचौं गोल गरेका थिए ।
सेनेगल विश्वकपमा एकै खेलमा ५ गोल प्रहार गर्ने पहिलो अफ्रिकी टिमसमेत बनेको छ ।
प्रतिक्रिया 4