+
फिफा विश्वकप :

केप भर्डेलाई ऐतिहासिक सफलता, अपराजित रहँदै नकआउटमा

२०८३ असार  १३ गते ७:५० २०८३ असार १३ गते ७:५०

शनिबार सम्पन्न अन्तिम खेलमा पनि केप भर्डेले साउदी अरेबियासँग बराबरी खेल्दै ३ अंक जुटायो । यसअघि केप भर्डेले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो ।

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी रहेको केप भर्डे नकआउट चरणमा पुगेको छ ।

समुह ‘एच’मा अपराजित रहँदै उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो । यो समुहबाट ७ अंक बटुल्दै स्पेन समुह विजेता बन्यो ।

शनिबार सम्पन्न अन्तिम खेलमा पनि केप भर्डेले साउदी अरेबियासँग बराबरी खेल्दै ३ अंक जुटायो । यसअघि केप भर्डेले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो ।

शनिबारै भएको अर्को खेलमा स्पेनसँग १–० गोल अन्तरले पराजित भएको उरुग्वे भने समुह चरणबाटै बाहिरियो । उरुग्वे दुई पटकको विश्वविजेता  पनि हाे ।

जारी विश्वकपमा डेब्यु गरेका चार टिम मध्ये केप भर्डे मात्रै नकआउट चरणमा पुगेको छ ।

अन्य तीन टिमहरू कुरासाओ र जोर्डन भने समुह चरणबाटै बाहिरिएका छन् । उज्बेकिस्तानकाे सम्भावना भने कम छ ।

राउन्ड अफ ३२ मा अब केप भर्डेको प्रतिस्पर्धा साविक विजेता अर्जेन्टिनासँग हुने भएको छ ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय