+
+
Shares

जेनजी आन्दोलनमा आगजनी गरेको आरोपमा नेकपाका नेता कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १३ गते ६:३५

१३ असार, विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोडका घटनामा संलग्न भएको आरोप लागेका नेकपाका युवा नेता ताजिम अन्सारी कारागार चलान भएका छन् ।

आगजनीमा संलग्न भएको भिडियो सार्वजनिक भएपछि उनी पक्राउ परेका थिए । पक्राउ परेको केही दिनमा उनी हाजिरजमानीमा छुटेका थिए । लगतै उनीसहितलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता भयो ।

शुक्रबार अदालतमा हाजिर भएका अन्सारीलाई जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

आदेशपछि अन्सारीलाई जिल्ला कारागार मोरङ चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

अन्सारीमाथि नापी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी एवं तोडफोड गरेको दुईवटा छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको थियो । नापी कार्यालयसँग सम्बन्धित मुद्दामा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो थियो ।

सरकारी वकिल कार्यालयको मुद्दामा ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो । एउटा मुद्दामा थुनामा पठाउने आदेश भएपछि उनले धरौटी रकम बुझाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?