Comments Add Comment

नेप्से सूचक साढे चार अंकले घट्यो

२४ भदौ, काठमाडौं । बिहिबार सेयरबजार परिसूचक घटेको छ । ४ दशमलव ४५ अंकले घटेर सेयरबजार ११ सय ६८ दशमलव ७१ अंकमा झरेको छ । होटल र बीमा समूहको सूचक ठूलो अन्तरमा ओरालो लागेपछि बजारमा गिरावट आएको हो ।

nepseसुरुवात देखि नै घटेको बजार झण्डै ५ अंकले ओर्लिएको अवस्थामा बन्द भयो । बिहिबार वित्तीयसहित विकास बैंक र अन्य समुहबाहेक अन्य सबै समुह ओर्लिएका छन् । आज बीमा समुह ९१ दशमलव ०६अंकले घट्दा होटल समुह २९ दशमलव ६६ अंकले तल झरेको छ ।

यसैगरी उत्पादनमूलक समुह ८ दशमलव ३८, जलविद्युत् समुह ३ दशमलव ५७ र बैंकिङ समुह २ दशमलव ७१ अंकले ओरालो लागे । टेलिकम सूचीकृत अन्य समुह भने ३ दशमलव ५२ अंकले हरियो हुँदा विकास बैं र वित्तीय समुहमा पनि समान्य बृद्धि भयो ।

दिनभरमा १ सय ३७ कम्पनिका ११ लाख ४५ हजार कित्ता सेयर कारोबार भए । बिहिबार कुल ४७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्चेञ्जले जनाएको छ । बिहिबार सबैभन्दा बढी नेपाल ईन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर ५ करोड ४२ लाख रुपैयाँमा कारोबार भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment