Comments Add Comment

नेपालमा नयाँ संविधान बनेकोमा चीन खुसी

३१ भदौ, काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनले नेपालमा संविधानसभाबाट नयाँ संविधान बनेकोमा खुसी व्यक्त गरेको छ ।

China-Flagचिनियाँ राजदूत वु चुन्ताइले बिहीबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी विदेश मन्त्रालयको सन्देश सुनाएका छन् ।

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको सन्देशमा संविधानसभाबाट बनेको नयाँ संविधानको समर्थन गरिएको छ ।

चीनले अब नेपालमा राजनीतिक स्थिरता हुने र विकासको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।

साथै सामाजिक प्रणाली र विकासमा सहयोग गर्ने बचन समेत दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment