+
+
Shares

गुल्मीमा लडेर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ५ गते १८:५६

५ चैत, गुल्मी । गुल्मीमा एकजना महिलाको लडेर मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका-३ राजापानीकी ४१ वर्षीय शान्ति परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए ।

शान्तिलाई सोमबार साँझ कामबाट घर फर्किर्ने क्रममा घरभन्दा ५ सय मिटर पर परिवारले घाइते अबस्थामा फेला पारेका थिए । शान्तिको श्रृङ्गा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट थियो ।

मृतक शान्तिको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?