Comments Add Comment

सार्जामा रोकिएका सबै कलाकार कतारमा, विमानस्थलमै कलाकारलाई नेपालीको माया

aaryan-nikhil
सार्जा विमानस्थलमा रोकिएका नेपाली चलचित्रका चर्चित कलाकार कतार आइपुगेका छन् । उनीहरुलाई आयोजकले नयाँ एयरलाइन्सबाट कतार ल्याएको हो ।

नायक निखिल उप्रेती, आर्यन सिग्देल, नायिकाहरु करिश्मा मानन्धर, संचिता लुइटेल, अनु शाह, आना शर्मा, जुरीका सदस्य, चलचित्र प्राविधिक संघका सदस्य, पत्रकारद्धय नरेश भट्टराई र सन्दिप सापकोटा लगायतका ३ दर्जन बढी कलाकार कतार आइपुगेका छन् । लामो समयदेखि विमानस्थलमा बस्नु परेकाले पनि कलाकर्मी केही थकित देखिएका थिए ।

तर, कतार विमानस्थलमा आउने वित्तिकै नेपाली दर्शकले देखाएको मायाले उनीहरु उत्साहित देखिएका थिए । नायक निखिल उप्रेती र आर्यन सिग्देललाई विमानस्थलमा नेपाली घेरेका थिए । उनीहरुसँग तस्बिर खिचाउनका लागि कतारमा रहेका नेपालीहरु उत्साहित भएका थिए ।aana

अब, कतारमा करिब ६ दर्जन कलाकार आइपुगेका छन् । आज बेलुकी स्थानिय समय अनुसार ५ बजेबाट अवार्ड सुरु हुनेछ । अवार्डका लागि आयोजकले भव्य स्टेज बनाएको छ । अवार्डमा करिब १७ हजार दर्शक सहभागी हुने विश्वास लिइएको छ ।

चलचित्र प्राविधिक संघले अन्तरराष्ट्रिय कलाकार मञ्चसँग सहकार्य गर्दै यो अवार्डको आयोजना गर्न लागेको हो । अधिकांश कलाकारले एयर अरेबियाको कारणले आफूहरुलाई दुख पाएको भन्दै र्फकदा नयाँ एयरलाइन्सको व्यवस्था गर्न आयोजकलाई भनेका छन् ।karisma-didi

एयरलाइन्सका कर्मचारीले ट्रान्जिटमा अभद्र व्यवहार गरेको कलाकारको गुनासो छ । तर, पनि आफूहरु नेपालीको माया पाउँदा अत्यन्त खुशी भएको भन्दै उनीहरुले अवार्ड भव्य बन्नेमा विश्वस्त रहेको बताए । चलचित्र पत्रकार संघका महासचिव तथा सेन्सर बोर्ड सदस्य सन्दिप सापकोटाले भने-‘एयर अरेवियासँग आफ्नो जायज कुराहरु सौहाद्र पूर्ण रुपमा राख्दा पनि कलाकारहरूलाइ दुख दिने काम कर्मचारीहरुले प्रस्तुत गरेका कारणले पनि मैले आक्रोश व्यक्त गरेको हुँ । कलाकार देशका गहना हुन् । यी गहनाहरुको सम्मान सधै हुनुपर्छ भन्ने पक्षमा म छु । उनीहरुप्रति गलत व्यवहार भएपछि मैले प्रतिवाद गरेकै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment