Comments Add Comment

निखिलले ऋचालाई भने–‘बल्ल ४० लाग्दैछु, कहाँ बुढो हुनु’

nikhil-and-richa
कतारमा आयोजना भैरहेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’मा कलाकारहरुको उद्घोषणले रमाइलो माहोल पनि बनाइरहेको छ । १० हजार भन्दा बढी दर्शकको माँझमा आयोजना भैरहेको अवार्ड समारोहमा नायक निखिल उप्रेतीले नायिका ऋचा शर्मालाई आफू बुढो नभएको छनक दिएका छन् ।

ऋचासँग कार्यक्रम संचालन गर्दै गरेका नायक उप्रेतीले भने–‘निखिल बुढो हुने मानिस होइन । बल्ल ४० लाग्दैछु । समय बल्ल सुरु भएको छ ।’
नायक उप्रेतीले आफूलाई गीत सुन्न बहुतै मन लाग्ने बताए । उनले भने–‘पर्दामा हेर्दा म एक्सनमा देखिएपनि संगीत मेरो रोजाई हो ।’

नायिका शर्माले पनि चलचित्र क्षेत्रका लागि निखिलको आवश्यकता औलाइन् । उनले निखिलको चलचित्र आफूहरुका लागि पनि सधै प्रतिक्षामा हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment