Comments Add Comment

सोनी ब्राभिया एण्ड्रोइड टिभी बजारमा

Sony Androyd TV

८ असोज, काठमाडौ । सोनी कम्पनीले सोनी ब्राभियाका एण्ड्रोइड टिभीहरु नेपाली बजारमा ल्याएको छ । सोनीको नेपालका लागि आधिकारिक विक्रेता नेपा हिमा टेड लिंकले बिहीबार एण्ड्रोइड टिभी सेटहरु सार्वजनिक गरेको हो ।

ब्राभियाका एण्ड्रोइड सिस्टममा डब्लु अइट हन्ड्रेड-सी र एक्स सिरिज मोडलका नयाँ टेलिभिजन छन् । यस्तै कम्पनीले ब्राभियाकै फोर के-वान र फुल एचडी-टु सिरिजका सेटहरु पनि ल्याएको छ ।

लेटेस्ट एण्ड्रोइड अपरेटिड सिस्टम भएका टिभी सेटहरुमा गुगल प्ले, गुगल कास्ट, भ्याइस सर्च लगायतका आधुनिक फिचर रहेका छन् । सोनीका एक्स, डब्लु र आर सिरिजका ब्राभिया टिभीहरु विभिन्न साइज तथा रेञ्जमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । साइज र सुविधा अनुसार टेलिभिजनको बजार मूल्य निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment