Comments Add Comment

बिराटनगरमा मानव साङ्ग्लो प्रदर्शन, गच्छदार मोर्चा पनि सहभागी

Manab-Sanglo-At-Biratnagar

१४ असोज, विराटनगर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आहृवानमा हुलाकी राजमार्गमा मानव साङ्गो प्रदर्शनमा विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले पनि सहभागिता जनाएको छ ।

मधेसी मोर्चाले ११५५ किलोमिटर हुलाकी राजमार्गमा मानव सांङ्गो बनाउन आहृवान गरेको थियो । जस अनुसार विराटनगरमा मानव सांङ्गो प्रर्दशन गरेको छ । फोरम लोकतान्त्रिकका मोरङ अध्यक्ष भक्ति माझीले आफूहरु निर्णय गरेर नै मानव साङ्गो निर्माणमा सहभागी भएको बताएका छन् ।

सहभागीहरुले राजमार्गमा एक हर्कामा हात समाएर मानव साङ्लो वनाएको थिए । पूर्व पश्चिम हुलाकी मार्ग अन्र्तगत पर्ने विराटनगर क्षेत्रको सञ्जीमण्डी, महावीर चौक लगायत रगेली-विराटनगर जोडने हुलाकी मार्गमा मानव साङ्लो तयार पारिएको थियो ।

झापाको गौरीगञ्जवाट विराटनगरको केशलीया नदीसम्म उनीहरुले वृहत मानव साङलो प्रर्दशन गरेका थिए । उनीहरुले मानव साङलो पछि विराटनगरको महावीर रोडमा कोण सभाको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment