Comments Add Comment

उर्जामन्त्री ज्ञवाली बर्खास्त, खेलकुदमन्त्रीले राजीनामा दिए

Radha-and-purusotam-paudel

१४ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले उर्जामन्त्री राधा ज्ञवालीलाई बर्खास्त गरेका छन् । बर्खास्त हुने संकेत पाएपछि युवा तथा खेलकुदमन्त्री पुरुषोतम पौडेलले भने राजीनामा दिएका छन् ।

अख्तियारले कारबाही गर्न सिफारिस गरेपछि प्रधानमन्त्री कोइरालाले राजीनामा दिन उर्जामन्त्री र खेदकुदमन्त्रीलाई आग्रह गरेका थिए । साथै फिर्ता बोलाउन एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको दबावपछि खेलकुदमन्त्री पौडेलले बिहीबार दिउँसो राजीनामा बुझाएका छन् ।

तर, उर्जामन्त्रीले राजीनामा दिन अस्वीकार गरेपछि बर्खास्त गरिएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

सोलु करिडोर प्रसारण लाइन निर्माणमा अनियमिता गरेको भन्दै अख्तियारले उर्जामन्त्री राधा ज्ञवालीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवमा केशवकुमार विष्ट नियुक्तिमा पदीय दुरुपयोग गगरेको भन्दै अख्तिारले खेलकुदमन्त्री पौडेललाई कारबाही गर्न सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment