Comments Add Comment

भारु साट्दा नेपालीहरु भारतीय बजारमा ठगिँदै

१८ असोज, महेन्द्रनगर । तराई मधेसमा जारी अनिश्चितकालीन आम हडतालको मौका छोपी सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ साट्दा मनपरी शुल्क लिने गरेकाले नेपालीहरु ठगिँदै आएका छन् ।

बन्दका कारण बैंकहरु बन्द भएपछि सिमावर्ती भारतीय बजारमा सामान खरिद गर्न पुगेका सर्वसाधारणलाई मनपर्दी दररेटमा नेपाली रुपैयाँसँग भारु साट्दा मनपरी बट्टा शुल्क असुल्दै आएका छन् ।

भारतीय बजारमा हाल एक सय भारु लिनको लागि नेपाली १६८ देखि १७० रुपैयाँसम्म तिर्नुपरेको महेन्द्रनगर–२ का शशीभुषण गुप्ताको भनाइ छ ।

सीमावर्ती बासोपट्टी, जयनगर, दुहबी, भिट्ठाभोड, सुरसन्ड, कन्हवाँलगायत स्थानबाट दैनिक उपभोग्य वस्तु ल्याउने क्रममा त्यहाँका व्यापारीले सर्वसाधारण नेपालीलाई ठग्दै आएको गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment