Comments Add Comment

धेरै रिटि्वट पाउने काइदा

फेसबुकमा लाइक तथा शेयर धेरै भन्दा धेरै पाउने मन भएझैँ टि्वटरमा आफ्नो टि्वटमा धेरै भन्दा धेरै रिटि्वट तथा फ्यावराइट पाउने चाहना सबैको हुन्छ । तर चाहेर मात्र हुँदैन र तपाइँले गर्ने टि्वटहरु अब्बल मात्र भएर पुग्दैन । बढि भन्दा बढि रिटि्वट पाउनका लागि केही उपायहरु हुन्छन्, जसलाई अनुशरण गर्नुपर्ने हुन्छ ।

Twitterयदि आफ्ना टि्वट्सलाई बढि भन्दा बढि मानिसले रिटि्वट गरुन् भन्ने चाहनुहुन्छ भने दिउसो होइन बेलुकीपख टि्वट गर्ने कुरालाई प्राथमिकता दिनुहोस् । किनकी कामबाट बेलुकी घर फर्किसकेपछि टि्वटेहरु मग्न भएर टि्वटरमा झुम्मिन्छन् र आफुलाई मनपर्ने टि्वटहरु खोजी खोजी रिटि्वट हान्दछन् ।

अमेरिकाको म्यारिल्याण्ड विश्वविद्यालयका शोधकर्ता विलियम र्याण्डका अनुसार टि्वटरमा रिटि्वट गर्ने काम बेलुकी अबेर निकै तिब्र हुने गरेको पाइएको छ ।

शोधकर्ताले १५ हजार जना टि्वटर फलोअर्सहरुको रिटि्वट प्याट्रर्नको अध्ययन गरेका थिए । अध्ययनमा बिहान ६ बजेदेखि रातको १० बजेसम्मको समय लिइएको थियो ।

वास्तवमा रिटि्वटले सामान्य भावना तथा विचार पोख्ने मानिसहरुका लागि त खासै अर्थ नराख्ला तर मार्केटिंग व्यवसाय गर्ने मानिसहरुको लागि भने ठूलो अर्थ राख्छ । किनकी जति धेरै मानिसले उसको प्रडक्ट सम्बन्धी टि्वटलाई रिटि्वट गर्छन् उति नै धेरै विज्ञापन हुनपुग्दछ । रिटि्वटको प्याट्रर्नको आधारमा कुनै ब्राण्ड फलो गर्नेहरुको अलावा मानिसहरुको टि्वट गर्ने तौरतरिका तथा टि्वटरमा सक्रिय हुने विषयमा जानकारी प्राप्त गर्न पनि सजिलो हुने शोधकर्ताहरु बताउँछन् ।

अध्ययनमा सोमबार देखि शुक्रबार सम्म साँझ ५ बजेपछि धेरै रिटि्वट हुने गरेको पाइयो । तर शनिवार र आइतबार भने फरक पाइयो । यी दुइदिनमा बिहानको समयमा कम रिटि्वट हुने र दिन बित्दै जाँदा अझै कम रिटि्वट हुने गरेको पाइयो ।

यो शोध प्रोसिडिंग्स अफ एडभान्टेज इन सोसल नेटवर्कस् एनालाइसिस एण्ड माइनिंगको आगामी अंकमा प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment