
६ चैत, काठमाडौं । नेपाल विश्वमा १०० औं खुशी हुने देशमा परेको छ । बुधबार सार्वजनिक वल्र्ड हेप्पीनेस रिर्पोट अनुसार १५६ देश मध्ये नेपालीहरू १०० औं स्थानमा परेको हो ।
अघिल्लो वर्ष नेपाल १०१ स्थानमा थियो । त्यतिबेला ४.८८ अंक पाएको नेपालले यो वर्ष ४.९१ अंक प्राप्त गरेको छ ।
प्रतिवेदन अनुसार विगत बाह्र वर्षमा समुदायमा प्रविधि, सामाजिक मान्यता, द्वन्द्व र सरकारी नीतिहरूले पारेको प्रभावको आधारमा खुशी मापन गरिएको हो ।
छिमेकी भारत १४० औं स्थानमा छ । दक्षिण एसियाली देशमध्ये पाकिस्तान ६७, भुटान ९५, बंगलादेश १२५, श्रीलंका १३० र अफगानिस्तान १५४ औं स्थानमा छ ।
सबैभन्दा खुशी दश देश
उत्तरी युरोपी देश फिनल्याण्ड संसारकै सबैभन्दा खुशी हुने देशमा परेको छ । फिनल्याण्डले ७.७६ अंक पाएको छ । फिनल्याण्ड पछिल्लो तीन वर्ष यता लगातार पहिलो स्थानमा पर्दै आएको छ ।
प्रतिवेदनअनुसार दोस्रो खुशी हुने देशमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौमा नेदरल्याण्डस्, छैठौंमा स्विटजरल्याण्ड, सातौंमा स्विडेन, आठौंमा न्यूजल्याण्ड, नवौंमा क्यानडा र दशौंमा अस्ट्रेया छ ।
दक्षिण सुडान सबैभन्दा खराब अर्थात १५६ औं स्थानमा छ । यस्तै सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, तान्जानिया, रुवाण्डा, यमन, मालावी, सिरिया, बोट्सवाना र हैटी संसारकै बेखुश दश देशको सूचीमा छन् ।
प्रतिक्रिया 4