Comments Add Comment

दशैंका लागि नयाँ नोट वितरण सुरू, एक जनाले २२ हजारसम्म पाउने

२४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै अाइतबारदेखि नयाँ नोट सटही सुरु गरेको छ ।  एक जनाले २२ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउने राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए ।

Nepali-Note-Newसर्वसाधरणलाई राष्ट्र बैंकको थापाथली कार्यालय र बिराटनगर, जनकपुर, बीरगञ्ज, भैरबहा, पोखरा, नेपालगञ्ज, धनगढीमा रहेका क्षेत्रीय कार्यालयहरूबाट नयाँ नोट सटही सुविधा प्रदान गरिने पंगेनीले बताए ।

बैंक वित्तीय संस्थाले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट असोज १८ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको थियो ।

सर्वसाधारणलाई ५, १० र २० रुपैयाँको नोट २/२ प्याकेटका दरले उपलब्ध गराइने भएको छ भने ५० र १०० रुपैयाँको १/१ प्याकेट उपलब्ध गराउने प्रवक्ता पंगेनीले जानकारी दिए ।

सेना, प्रहरी र कर्मचारीका लागि नोट साट्नका लागि छुट्टै काउन्टरको व्यवस्था गरिएको उनले बताए । कार्तिक २ गतेसम्म नयाँ नोट सटही सुविधा उपलब्ध हुने उनले बताए ।

गत वर्षको दशैंमा ४७ अर्ब रूपैयाँ राष्ट्र बैंकले  नयाँ नोट बाँडेको राष्ट्र बैंकले यो वर्षको दशैंमा ५७ अर्ब रूपैयाँभन्दा बढी नयाँ नोट सहटी हुने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment