Comments Add Comment

खैरो हिरोइनसहित पक्राउ परेका दुईजना सार्बजनिक

BrownSuger

२७ असोज, कैलाली । ९ ग्राम १३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका दुई जनालाई कैलाली प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

धनगढी उपमहानगरपालिका १२ मनेहरा बस्ने वर्ष १८ का रोशन सुनार र सोही ठाउँ बस्ने वर्ष २२ का जीवन सिंह ठकुरीलाई प्रहरीले सार्बजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काका अनुसार उनीहरुले भारतीय सीमावर्ती बजार गौरीफन्टाबाट लागुऔषध खरिद गरी धनगढीलगायत बिभिन्न स्थानहरुमा बिक्री वितरण गर्ने गरेको पाइएको खड्काले बताए ।

प्रहरी नायव उपरीक्षक खड्काले सुदूरपश्चिम ब्राउन सुगरको ट्रान्जिट प्वाईन्ट समेत हुन सक्ने बताउँदै प्रहरीले यसको जरासम्म पुगेर वास्तविक अपराधी पत्ता लगाइछाड्ने बताए ।

गएको भदौ महिनामा भएको टीकापुर घटनापछि कैलाली प्रहरीले सामाजिक सदभाव कायम राख्न पहल थालेको बताउँदै उनले यस्तोबेला लागु औषध लगायत अन्य सामाजिक अपराध गर्नेहरु बढ्न सक्ने भएकाले प्रहरीले त्यतातर्फ पनि विशेष ध्यान दिएको जानकारी दिए ।

-दीपक उपाध्यायबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment