Comments Add Comment

दाङमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्यो

hiv१७ कात्तिक, दाङ । दाङमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पाँच वर्ष अघि एक सय ५८ जना सङ्क्रमित भेटिएकामा अहिले दुर्इ ७८ जनामा एचआइभीको सङ्क्रमण देखिएको छ ।

एचआइभी र एड्सको क्षेत्रमा काम गर्दै आएको दाङ प्लसका अनुसार वर्षैपिच्छे एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

आव ०७०/७१ मा दुर्इ सय ५४ र आव ०७१/७२ मा आइपुग्दा दुर्इ सय ७८ जनामा एचआइभीको सङ्क्रमण देखिएको दाङ प्लसका संयोजक प्रकाश नेपालीले जानकारी दिए । सङ्क्रमित खुल्दै जाँदा सङ्क्रमितको सङ्ख्या बढे पनि नयाँ सङ्क्रमितको सङ्ख्या भने घट्दै गएको उनको भनाइ छ ।

अहिलेसम्म ६७ जनाको मृत्यु भइसकेको संस्थाले जनाएको छ । दाङमा अहिले दुर्इ सय १० जना सङ्क्रमित रहेका छन् । तीमध्ये एक सय सात जना पुरुष र एक सय जना महिला रहेका छन् भने एक सय ५९ जनाले औषधि सेवन गरिरहेको बताएको छ ।

सङ्क्रमित विस्तारै समाजमा खुलेर जाँच गर्न र औषधि उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न थालेका छन् । सामाजिक लाञ्छना र विभेद अन्त्य हुँदै गएपछि सङ्क्रमित समाजमा खुल्न थालेका हुन् ।

जिल्लाका ठूला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रबाट सङ्क्रमितको निःशुल्क उपचार र परामर्श दिने गरिएको संस्थाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment