Comments Add Comment

यौन सम्पर्कका लागि विदा दिने सरकारको तयारी

sex-lifeएकातिर विश्वमा जनसंख्या नियन्त्रणको लागि काम भैरहेको छ भने अर्कोतर्फ केही देशहरु भने कसरी जनसंख्या बढाउने भन्ने विषयमा लागिरहेका छन् ।

डेनमार्कमा पनि सरकारले नै देशको जनसंख्या बढाउने विभिन्न उपाय अपनाउँदैछ र मानिसहरुलाई सन्तान पैदा गर्न प्रोत्साहन गरिरहेको छ ।

समाचार अनुसार देशको घट्दो जनसंख्याबाट चिन्तित बनेको सरकारले मानिसहरुलाई सन्तान प्राप्तिको ध्येयले यौन सम्पर्क गर्न उत्प्रेरित गर्दैछ । सरकारले मानिसहरुलाई यौन सम्पर्कका लागि सरकारी विदा दिने योजना समेत बनाएको छ ।

डेनमार्कको जन्मदर घटेर १.७ मा झरिसकेको छ । जन्मदर बढाउनका लागि त्यहाँका टेलिभिजनमा विभिन्न खालका विज्ञापन समेत देखाइन्छ । जसमा मानिसहरुलाई भावनात्मक अपिल गरिएको हुन्छ । एउटा विज्ञापनमा महिला पुरुषहरुलाई बच्चा जन्माउनका लागि प्रोत्साहित गर्दै आफ्नी आमाका लागि वा देशका लागि बच्चा जन्माइदिन आग्रह गरिएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment