Comments Add Comment

सलमानमाथि निखिल कि निखिलमाथि सलमान भारी ?

nikhil-nisha-and-salman
वुधबारदेखि देशभरका ६९ वटा हलमा एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘लुटेरा’को व्यापारलाई लिएर अहिले चलचित्र बजारमा चर्चा खुबै छ । वुधबार ३६ लाखको ग्रस कलेक्शन गर्दै यो चलचित्रले राम्रो ओपनिङ गर्‍यो ।

तर, बिहिबारदेखि बलिउड नायक सलमान खानको बहुचर्चित चलचित्र ‘प्रेम रतन धन पायो’ लागेपछि ‘लुटेरा’को व्यापारलाई असर पर्‍यो कि परेन ?

सलमान खानको चलचित्रले निखिल स्टारर एक्सन चलचित्रलाई केही हदसम्म असर गरेको छ । कारण, सलमानको चलचित्र चलाउने दौडमा अधिकांश मल्टिप्लेक्समा नेपाली चलचित्रले स्थान पाएन । मल्टिप्लेक्समा पनि नेपाली चलचित्र लागेको भए निर्मातालाई राम्रै फाइदा हुने थियो ।

तर, गोपिकृष्ण, गुण, अष्टनारायणदेखि सिंगल हलमा ‘लुटेरा’ले दर्शकको राम्रो साथ पाएको प्रस्तुतकर्ता तथा वितरक गोपाल कायस्थ बताउँछन् । शनिबार ५९ लाखको व्यापार गर्दै ‘लुटेरा’ले ४ दिनमा १ करोड २३ लाखको व्यापार गरेको गोपालले बताए ।

तर, यो व्यापारले उनको लगानी भने उठेको छैन । लगानी उठ्न अझै डेढ करोड माथिको व्यापार जरुरी भएको उनको भनाई छ ।

फेसबुक र ट्विटरमा ‘ब्याक अफ इन्डिया’ लेखिएपनि त्यसको असर सलमानको चलचित्रलाई परेन । पारिवारिक यो चलचित्रको समिक्षा भने मिश्रति छ । ‘भैरव’ हेरेका दर्शकले निखिल अभिनित ‘लुटेरा’लाई उस्तै साथ दिएका छन् । यसले नेपाली चलचित्रमा पनि स्टारडम फर्किएको विश्लेषण गर्न थालिएको छ ।

सलमानको चलचित्रले भने नेपालबाट राम्रै रकम उठाएको छ । पहिलो दिनमै १ करोड २५ लाखको व्यापार गरेको यो चलचित्रलाई गोपिकृष्ण मुभिजले २ करोड १० लाखमा नेपाल भित्राएको हो । मल्टिप्लेक्स हलमा यो चलचित्रको व्यापार उच्च देखिएको छ । देशभरका ६० पर्दामा यो चलचित्र चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment