Comments Add Comment

क्यानडामा जीवन र बर्षाको ‘काफल पाक्यो’

jiwan-and-barsha
ट्रेलर सार्वजनिक भएसँगै संवादका कारण चर्चा पाएको चलचित्र ‘काफल पाक्यो’ अब क्यानडामा शो हुने भएको छ । यो चलचित्रमा नायक जीवन लुइटेललाई फरक भूमिकामा देखाइएको छ । नक्कली कपाल र दाह्रीमा हरेक चलचित्रमा देखिने जीवनलाई यो चलचित्रमा भने निर्देशक सावित्री खत्रीले फरक शैलीमा उतारेकी छिन् ।

नोभेम्बर २९ तारिखमा चलचित्र क्यानडामा देखाइन लागेको निर्माणपक्षले जानकारी दिएको छ । माघ १ गतेबाट नेपाली दर्शकले यो चलचित्र हलमा हेर्न सक्नेछन् भने यस अगाडि नै क्यानडाका नेपालीले ‘काफल पाक्यो’को स्वाद चाख्न पाउनेछन् ।

चलचित्रको विशेष शोबाट उठेको केही रकम भूकम्प पीडित बालबालिकालाई सहयोग गर्ने निर्देशक खत्रीको भनाई छ । क्यानडामा हुने विशेष शोमा नायक जीवन लुइटेल उपस्थित हुनेछन् । यसपछि चलचित्रको शो मलेसिया, सिंगापुरमा पनि गर्ने तयारी गरिएको छ ।

रेडपान्डा डान्स एन्ड मुभी हाउसको ब्यानरमा बनेको यो चलचित्रमा जीवनसँगै  बर्षा राउत, लय संग्रौला, मुकेश आचार्य, प्रदिप ढकाल, वीएस राणा, उत्तम केसी, बालदिप राइको मुख्य भूमिका छ । चलचित्रमा सुरेश राउत र उपेन्द्र सुवेदीको लगानी छ भने लक्ष्मी केसी यो चलचित्रकी कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment