Comments Add Comment

जस्टिन बिबर र हैलीको सम्बन्धमा खटपट आएको हो ?

कुनैबेला पप स्टार जस्टिन बिबर र सेलेना गोमेजको लभ अफेयरको सर्वत्र चर्चा हुनेगथ्र्यो । उनीहरुको जोडी लोभलाग्दो पनि थियो । किशोर उमेरमै लोकपि्रयताको उत्कर्षमा पुगेका यी दुई सेलिब्रेटी खुलमखुला प्रेम साट्दै हिँड्थे । र, उनीहरुको चियोचर्चा गर्ने मिडिया हरक्षण पछि लाग्थे ।

तर, दुनियालाई विस्मत् तुल्याउँदै सेलेना र जस्टिनको सम्बन्ध एउटा मोडमा गएर टुंगियो ।

त्यसपछि जस्टिन अर्कै युवती हैली बाल्डविनसँग डेट गर्न थाले । हैली जस्टिनसँगै हुर्केका र बाल्यकाल विताएकी साथी पनि थिइन् । आखिरमा उनीसँग नै जस्टिनको इंगेजमेन्ट भयो । त्यसपछि गोप्य विवाह पनि ।

धेरै भएको छैन उनीहरुको दाम्पत्य जीवन सुरु भएको  । बर्ष दिन पुग्यो । तर, अहिले उनीहरुको सम्बन्धमा खटपट सुरु भइसकेको संकेत मिलेको छ । डेलीमेल डट युकेको रिपोर्ट अनुसार जस्टिन र पत्नी हैलीबीच सामान्य ठाकठुक पर्न थालेको छ ।

प्रसंग गए शनिबारको हो । शनिबार बिहान दुबै आपसमा झगडा गरिरहेको देखिए ।

उनीहरु क्यालिफोर्नियाको लगुना समुन्द्री किनारस्थित एक पार्कमा बसेका थिए । हैलीले क्रप्ड टप्स र स्किन टाइट ग्रे लेगिङ लगाएकी थिइन् । त्यसैगरी जस्टिनले कालो रंगको हुड लगाएका थिए । साथै रातो रंगको सर्टमा थिए ।  यी नवविवाहित कुनै विषयलाई लिएर भनाभन गरिरहेको देखिए । उनीहरु एकदम तनावमा देखिन्थे । यसबीचमा जस्टिनले केही पटक उठे र हिँड्नका लागि भने । त्यती मात्र होइन, उनले आफ्नो अनुहारको उदासी भाव छोप्नका लागि अनुहार ढाकछोप पनि गरे ।

भनिहालौ जस्टिन सन् २०१६ देखि २१ बषिर्य हेलीसँग डेट गरिरहेका थिए । तर, ७ जुलाईमा उनीहरुले इंगेजमेन्ट गरे । २४ बर्षको उमेरमा क्यानेडियन सिंगिङ सेन्सेशनको टाइटल जित्ने जस्टिनले हैलीसँग विवाह गरेर लाखौ युवतीको दिल तोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment