Comments Add Comment

बुटवलमा भारतीय गाडीमा आगजनी

Agajani

कपिल ज्ञवाली

११ मंसिर, बुटवल । बुटवलको राजमार्ग चौराहामा भारतीय मीनी ट्रकमाथि आगजनी भएको छ ।  शुक्रबार बिहान करिब सबा ११ बजेको समयमा यूपी ५६ टी १६०१ नम्बरको मीनी ट्रकमा आगजनी भएको हो ।

गाडीमा कस्ले आगो लगायो भन्ने अझै खुलेको छैन । बुटवलमा आन्दोलनको प्रभाब नभएको अबस्थामा भएको आगजनीले अचम्म बनाएको प्रहरीले बताएको छ ।

सवारी चालकलाइ इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षा महेन्द्र खड्काले बताए ।

गाडीमा लागेको आगो प्रहरी, बुटवल उपमहानगरको बारुणयन्त्र र स्थानीयको सहयोगमा निभाइएको हो ।

गाडिका चालकका अनुसार गएराति काँचो हरियो केरा बोकेर बुटवलको बुटवल कृषिर् उपज थोक बजार केन्द्रमा जादै गर्दा गाडी चौराहामा बिग्रेर रोकिएको हो । चालकले अपरिचित ब्याक्तीहरुले गाडिमा आगोलगाएर भागेको बताएका छन् ।

घटनास्थल र प्रहरीको चौराहाबिट ९० मिटरको दूरीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment