Comments Add Comment

सन्नीलाई दोश्रो भेटमै प्रपोज गरेका थिए डेनियलले

sunny-and-denial
पूर्व पोर्नस्टार एवं बलिउड नायिका सन्नी लियोनीले श्रीमान् डेनियल वेबरसँगै क्रिसमस र नयाँ बर्ष मनाईन् । पार्टी मनाएको केही तस्विर सार्वजनिक गरेपछि यो जोडिको केमेस्ट्रीको विषयमा समेत चर्चा भयो ।

यो जोडीले विवाह गरेको आठ वर्ष भयो । तर, उनीहरुको एक अर्काप्रतिको प्रेम झन् झन् गहिरो हुँदैछ । डेनियलको भनाई अनुसार उनीहरुको पहिलो भेट लस भेगासको एउटा रेष्टुरेन्टमा भएको थियो । जहाँ, डेनियल आफ्नो ब्यान्ड सहित शोका लागि पुगेका थिए । सन्नी आफ्नो साथीहरुसँग छुट्टी मनाउन गएकी थिईन् ।

सन्नीको भनाई अनुसार पहिलो भेटमा डेनियलले सन्नीको नाम सोधे अनी गए । अर्को दिन पनि सन्नी त्यही गइन् । डेनियलले उनलाई फूलको गुच्छा दिएर प्रेम प्रस्ताव राखे । सन्नीले विना कुनै हिच्किचाहट ओके गरिन् ।

सनी भन्छिन्-‘डेनियलले मलाई हरेक दुःखमा साथ दिएका छन् ।’ जतिवेला डेनियलसँग उनको भेट भएको थियो, सो समयमा उनको आमाको निधन भएको थियो । सन्नी खुबै तनाबमा थिइन् । त्यतिवेला सन्नी डिप्रेशनको शिकार भएकी थिईन् । सन्नी भन्छिन्-‘डेनियल बाहेक अरु कोही केटा भएको भए मलाई छोडेर हिड्थ्यो । तर, डेनियलले निकै सहयोग गरे ।’

तीन वर्षको डेटिङपछि उनीहरुको विवाह परम्परागत शैलीमा भएको थियो । पछि सन्नीको बुबाको निधन हुँदा पनि डेनियलले निकै सहयोग गरेका थिए ।

डेनियलका अनुसार सन्नी समुन्द्री किनारमा घुम्न निकै मन पराउँछिन् । सपिङमा पनि सौखिन छिन् । सन्नीको हरेक जन्मदिन डेनियलले भब्य रुपमा मनाइदिने गरेका छन् ।

डेनियलकै भनाई अनुसार सन्नीको रिस एकदमै कडा छ । सन्नी रिसाएको थाह पाएपछि डेनियल केही वेर सन्नीको छेउँमै जाँदैनन् ।  त्यसो त डेनियलको पनि रिस चर्को भएको सन्नीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment