Comments Add Comment

मुटुरोगीमा डिप्रेसनको खतरा तेब्बर, व्यायाम लाभदायी

exsarsise

डिप्रेसनग्रस्त मानिसमा मुटु सम्बन्धी रोगको खतरालाई कम गर्नमा व्यायामले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा हालै प्रकाशित एक शोध अनुसार डिप्रेसनग्रस्त मानिसमा मुटु सम्बन्धी रोग हुने खतरा अत्यधिक हुन्छ ।
शोधकर्ताहरुका अनुसार हृदयरोगीहरुमा डिप्रेसनको समस्याले घातक परिणाम निम्त्याउने गर्छ ।

अध्ययनका क्रममा अस्पतालमा भर्ना भएका हृदयाघात पीडितमध्ये २० प्रतिशतमा डिप्रेसनको लक्षण समेत देखिएको थियो । साथै मुटु सम्बन्धी रोगीहरु अन्य सामान्य मानिसहरु भन्दा डिप्रसनबाट ग्रसित हुने खतरा तिन गुणा बढि हुने पाइएको छ ।

अमेरिकाको एमोरी युनिभर्सिटी हस्पिटलका शोधकर्ताहरुले मुटुरोग तथा डिप्रेसनबीचको सम्बन्धका बारेमा विस्तृत अध्ययन गरेका हुन् ।

शोधर्ताहरुले कुल ९६५ जना मानिसमा अध्ययन गरे जसलाई मुटुको रोग थिएन र अन्य कुनै खालको गम्भीर स्वास्थ्य समस्या पनि थिएन । तर डिप्रेसनको लक्षण देखा पर्दा त्यसले मुटु सम्बन्धी समस्या समेत बढाउने र मुटु सम्बन्धी समस्या देखा पर्दा त्यसले डिप्रेसनको समस्यालाई बढाउने अन्तरसम्बन्ध शोधकर्ताहरुले पत्ता लगाएका छन् ।

शोधकर्ताहरुका अनुसार व्यायामले मुटुरोगीहरुमा सकारात्मक प्रभाव पार्दछ । खासगरी डिप्रेसनको समस्या भएका मानिसहरुमा मुटुरोगको खतरा कम गर्नका लागि समेत व्यायाम प्रभावकारी हुने शोधले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment