+
+
Shares

माधव नेपालले बोलाए आफूपक्षीय नेताहरुको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १३:०३

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो समूहको केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।

बैठक शुक्रबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट गरिने एक नेताले जानकारी दिए ।

नेता नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफल र सहमतिबारे जानकारी दिन आफू निकट नेताहरुको बैठक बोलाएका हुन् ।

दुई नेताबीचको छलफलमा पार्टी संरचना २०७५ जेठ २ को स्थितिमा फर्काउने र अध्यक्ष केपी शर्मा ओली पक्षले फागुन २८ गते गरेको निर्णयबारे छलफल गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो ।

उक्त सहमतिपछि माधव नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?