+
+
Shares

वर्तमान सरकारसँग जनताको तीव्र आकांक्षा छ, राम्ररी काम गरोस् : माधवकुमार नेपाल

‘संविधान रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन’

भदौ १० गतेको भोटेकोशी बाढीपछि बेपत्ताको खोजी र उद्धारमा सरकारले थप तीव्रता दिनुपर्नेमा उनले जोड दिए ।

रासस रासस
२०८३ भदौ २७ गते १६:४५

२७ भदौ, वीरगञ्ज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्ने बताएका छन् । शनिबार वीरगञ्जमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, सङ्घीयता, समावेशितालगायत प्राप्त संवैधानिक अधिकार संरक्षण गर्दै नागरिकका हक पूर्ण कार्यान्वयनका लागि पनि परिवर्तनकारी शक्तिबीचको कार्यगत एकताको आवश्यकता रहेको बताएका हुन् ।

‘संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिलेको संविधानको रक्षा गर्न राजनीतिक दलबीच एकता, सहकार्य र समन्वय आवश्यक छ,’ नेता नेपालले भने, ‘जनतालाई सुशासनसहितको सेवा प्रवाहमा सबै एक भई अगाडि बढ्नुको विकल्प छैन ।’

उनले आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछपिडएको क्षेत्रलगायत सिमान्तृकत समुदायको संवैधानिक अधिकार संरक्षण गर्नु सबैको दायित्व रहेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सहसंयोजक नेपालले वर्तमान सरकारप्रति जनताको तीव्र आकांक्षा भएकाले जनताको चाहनाअनुसार काम गर्नुपर्ने धारणा राखे ।

यस्तै, यही भदौ १० गतेको भोटेकोशी बाढीपछि बेपत्ताको खोजी र उद्धारमा सरकारले थप तीव्रता दिनुपर्नेमा उनले जोड दिए ।

‘देश अहिले विपत्मा छ, हिमाली बाढीका कारण ठूलो जनधनीको क्षति भएको छ,’ उनले भने, ‘खोजी कार्यमा सरकारले उपलब्ध स्रोतसाधन, विभिन्न सङ्घसंस्था तथा राजनीतिक दललाई पनि उद्धार र राहतमा खटाउन सक्नुपर्छ ।’

उनले अघिल्लो भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?