Comments Add Comment

रंगेलीमा मृत्यु भएकाका परिवारले शव बुझ्न मानेनन्

Rangeli-Death

८ माघ, विराटनगर । मोरङको रंगेली घटनामा मृत्यु भएकाका परिवारले शव बुझ्न अस्वीकार गरेका छन् । घटनाको छानविन गर्न दोषिलाई कडा कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गरेका हुन् ।

मोरङको पुरानो सदरमुकाम रंगेलीमा बिहीबार भएको झडपमा तीन जनाको मृत्यु भएको थियो । मृतकहरुको शव कोशी अन्चल अस्पतालमा राखिएको छ ।

प्रहरीसँगको झडपमा रंगेली ४ की ५८ वर्षीया द्रोपतीदेवी चौधरी, १८ वर्षीय चिबु माझी र महादेव ऋषिदेवको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment